भ्याली पब्लिक र रेडियन्ट फाइनलमा प्रवेश
neplays.com · Fri Aug 21 12:04:00 GMT 2026
भ्याली पब्लिक र रेडियन्ट पब्लिक १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
बाफलस्थित आयोजक ग्रिनफिल्डको हलमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २६–१० ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा दृष्य गुरुङले ११ अंक योगदान गरिन् । प्रीतिका रसाइलीको १० अंक सहयोगमा रेडियन्टले स्वर्णिमलाई २३–२२ को साँघुरोअन्तरले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)