दलहरूको व्यवहारले नै पुराना पार्टीलाई जनताले भोट दिएनन् : मगर
ratopati.com · Fri Aug 21 12:00:43 GMT 2026

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश सांसद तथा पूर्वमन्त्री रामबहादुर मगरले नेपाली कांग्रेस र नेकपा एमाले जस्ता पुराना दलहरू अस्वस्थ रहेको बताएका छन् । कोशी प्रदेशसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोलेका उनले पुराना पार्टीको स्वास्थ्य अवस्था राम्रो नभएकै कारण जनताले भोट नदिएको बताए ।
‘नेपाली कांग्रेसको स्वास्थ्य पनि धेरै राम्रो देखिँदैन, एमालेभित्र पनि स्वास्थ्य त्यति राम्रो छैन भन्ने आउँछ,’ उनले भने, ‘धेरै जनताले हामीलाई पुराना दल भनेर किन भोट दिएनन् भन्दा खेरि, यो दलहरूको व्यवहार नै यस्तो छ भन्ने दिन नआओस् भनेर हामीले सोच्नुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)