दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल
gorkhapatraonline.com · Fri Aug 21 12:07:48 GMT 2026

कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले सो विधेयकमाथि विचार गरियोस् भनी सदनमा प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिबाट पारित भएपछि सैद्धान्तिक छलफल सुरु भएको हो ।
बैठकमा प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले विधेयक प्रशंसनीय र उपयुक्त रहेको जनाउँदै अज्ञानताले समाजमा हुने भेदभाव र छुवाछुत जस्ता क्रियाकलापलाई निस्तेज तुल्याउन विधेयकले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । यसैबिच, आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ समय सापेक्ष रहेको जिकिर गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)