हेमबहादुर मल्ल सम्मानका लागि दुई जनाको नाम घोषणा
ratopati.com · Fri Aug 21 12:15:19 GMT 2026

काठमाडौँ । नेपाल जन–प्रशासन सङ्घले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान गर्ने घोषणा गरेको छ।
सङ्घले हेमबहादुर मल्ल सम्मान २०८१ का लागि डा.रामकृष्ण माकाजु श्रेष्ठ र २०८२ का लागि पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई छनोट गरेको हो । नेपाल जन–प्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको संयुक्त आयोजनामा शुक्रबार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, कालिमाटी, काठमाडौँमा आयोजित घोषणा समारोह तथा पत्रकार भेटघाट कार्यक्रममा सम्मान प्राप्त गर्ने व्यक्तित्वहरूको नाम सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)