बैंकमा थुप्रिँदै तरलता : नआत्तिन अर्थविदको सुझाव
khabarhub.com · Fri Aug 21 12:47:20 GMT 2026

काठमाडौं – पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिँदै गएको छ । तर, त्यसको अनुपातमा ऋण प्रवाह हुन सकेको छैन । जसको कारण निरन्तर रूपमा मुद्दति निक्षेप र कर्जा दुवैतर्फको ब्याजदर घट्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन ३१ गतेसम्म नेपालको बैंकिङ क्षेत्रका ८२ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । जबकी सो दिनसम्म बैंकिङ क्षेत्रबाट ५९ खर्ब ४७ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ ।
गत आर्थिक वर्षको असारसम्मको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तहरूको औसत खराब कर्जा बढेको छ । तरपनि अर्थविद् अनलराज भट्टराईका अनुसार अनिवार्य प्रोभिजनिङ बाहेक अहिले बैंकहरूसँग २० खर्ब बढी लगानीयोग्य तरलता रकम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)