त्रिविको ५२ औँ दीक्षान्तको मिति तत्काल घोषणा गर्न माग
ratopati.com · Fri Aug 21 13:16:47 GMT 2026

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस (कीर्तिपुर) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले परीक्षा प्रणालीमा सुधार र विद्यार्थीका मागहरू तत्काल सम्बोधन गर्न माग गर्दै परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रा.डा. लक्ष्मण पौडेललाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ।
स्ववियुका कार्यवाहक अध्यक्ष सनम ओलीद्वारा हस्ताक्षरित पत्रमा विगतमा भएका सहमतिहरू प्रभावकारी रूपमा कार्यान्वयन नभएकोमा दुःख व्यक्त गर्दै परीक्षा सञ्चालन, नतिजा प्रकाशन तथा प्रमाणपत्र वितरणमा देखिएको ढिलासुस्ती र अपारदर्शिता हटाउन माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)