राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने
ratopati.com · Fri Aug 21 13:20:20 GMT 2026

दाङ। दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको चाप घट्दै गएपछि समय परिवर्तन गरी आइतबारदेखि शुक्रबारसम्म सेवा सञ्चालन गर्ने जनाएको हो।
कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रको विवरण दर्ता, विवरण संशोधन तथा कार्ड लिन आउने सेवाग्राहीलाई यसअघि शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि सेवा दिँदै आइएको थियो। पछिल्लो समय सेवाग्राहीको चाप क्रमशः घटेकाले यही भदौ ६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आइतबारदेखि शुक्रबारसम्म सेवा प्रवाह गरिने जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरी जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)