तिलोत्तमामा अनुदानमा फलफूलका बिरुवा वितरण
dcnepal.com · Thu Jun 24 17:17:16 GMT 2021
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनुदानमा फलफूलका बिरुवा वितरण शुरु गरेको छ । हरेक वर्ष ५० हजार बिरुवा रोप्ने नीति लिएको तिलोत्तमामा चालु आर्थिक वर्षमा २० हजार फलफूल र ३० हजार वनस्पतिजन्य बिरुवा रोप्ने योजना छ । बिरुवा रोपणमा नगरबासीलाई प्रोत्साहन गर्न नगरपालिकाले फलफूलका बिरुवा मा ५० प्रतिशत अनुदान दिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।
नगरपालिकाले २०७७ चैत २४ र २०७८ वैशाख ७ गते सार्वजनिक सूचना प्रकाशित गरी नगरबासीसँग फलफूलका बिरुवाको लगत माग गरेकामा सोही मागअनुसार फलफूलका बिरुवामा अनुदान दिइएको जनाएको छ । नगरपालिकाले आँप, लिची, कटहर, कागती, अनार, एभोकाडो, ड्रागन फ्रुट, मेवा, अम्बा, अमलालगायत फलफूलका बिरुवामा अनुदान उपलब्ध गराएको हो । नगरपालिकाले वनस्पतिजन्य बिरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)