धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’
khabarhub.com · Fri Aug 21 13:40:08 GMT 2026

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका समस्या समाधान नगरी गुणस्तरीय शिक्षा सुनिश्चित हुन नसक्ने बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना र प्रधानाध्यापक सङ्घ नेपालको संयोजनमा आज धनगढीमा भएको ‘शिक्षा संवाद’मा सरोकार भएका निकायका प्रतिनिधिहरूले समस्याबारे पटकपटक छलफल भएकाले अब समाधान दिनेगरी काम गर्न आग्रह गरे ।
“करिब ५० वर्षअघि बनेको शिक्षा ऐन, २०२८ को आधारमा सुधारका विषयमा छलफल भइरहेका छन् । ऐनमा सुधार नगरी समस्या समाधान हुँदैन भनेर हामीले विभिन्न माध्यमबाट सुझाव दिइरहेका छौँ । पेसागत ट्रेड युनियन नेपाल शिक्षक महासङ्घले पनि सरकारलाई लिखित रूपमा समस्या समाधानका उपायसहित सुझाव दिएको छ”, कार्यक्रममा वक्ताहरूले भने, “सोहीकारण अब गरिने छलफल संवाद र समस्याभन्दा समाधानका उपायसहित कार्यान्वयन गर्न सक्ने किसिमले गरिनुपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)