ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
annapurnapost.com · Fri Aug 21 14:07:12 GMT 2026

सप्तरी : राजविराज नगरपालिका–६ बागेश्वरी मन्दिरस्थित भित्री सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपनी गाउँपालिका–२ रामपुरका ५० वर्षीय भागवत प्रसाद शाह रहेका छन्।
राजविराजबाट सखडातर्फ जाँदै गरेको को १ ख ४६०७ नम्बरको खाली ट्रकले शाहले चलाएको स ११ प ५५८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटना परी गम्भीर घाइते भएका उनको राजविराजमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएकोमा न्युरो अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)