बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
ratopati.com · Fri Aug 21 14:53:06 GMT 2026

गुल्मी। बाँदर धपाउने क्रममा लडेर गुल्मीमा शुक्रबार एक जना महिलाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका-७ कुडापानी निवासी ५५ वर्षीया कमला पाण्डेको बाँदर धपाउने क्रममा लडेर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल तम्घासमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उपचारका क्रममा उनको शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए। पाण्डे स्थानीय निउरेनी जङ्गलको गोरेटो बाटोबाट चिप्लिएर करिब २५ मिटर तल खस्दा गम्भीर घाइते भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)