जेलभित्र र बाहिर अभिषेक गिरीको अपराध सञ्जाल
nepalnews.com · Wed Jul 01 08:15:58 GMT 2026

अपराध जगत्मा अभिषेक गिरी यस्तो पात्र हुन्, जसको नाम हत्या, अपहरण, फिरौती, ठेक्कापट्टा र गैरकानुनी असुलीसँग जोडिन्छ। तीन दशकको अपराध यात्रामा गिरीले जेलको ढोका पटक पटक देखिसकेका छन्। जेलभित्र होस् या बाहिर, गिरी आपराधिक गतिविधिमा सधैँ चर्चामा छन्। ४८ वर्षीय गिरीलाई शनिबार (१३ असार) मोरङ प्रहरीले विराटनगर महानगरपालिका-८ मधुमारास्थित घरबाटै पक्राउ गर्यो।
यसपटक गिरी हत्या, गुन्डागर्दी वा पुरानै शैलीको फिरौती नभएर मोरङ जिल्ला कारागार, विराटनगरभित्रको आर्थिक स्रोतमा नियन्त्रण जमाएर कैदीबन्दीसँग असुली गरेको आरोपमा पक्राउ परेका हुन्। यसबाहेक एक थान पेस्तोल साथमै, एक थान घरमा र अर्को एक थान उनका साथीसँग रहेको सूचना प्रहरीसँग थियो। प्रहरी पुग्दा फेला नपरे पनि पेस्तोलको खोजी भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)