लुम्बिनीका सडक अझै असुरक्षित : दुई महिनामै ८३ जनाको मृत्यु, तीव्र गति मुख्य चुनौती
nepalpress.com · Wed Jul 01 08:38:12 GMT 2026

रूपन्देही । लुम्बिनी प्रदेशका राजमार्ग र सहायक सडकमा सवारी दुर्घटनाको जोखिम अझै उच्च देखिएको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक निगरानी, कारबाही र जनचेतनामूलक अभियान बढाइए पनि मानवीय क्षतिमा अपेक्षित सुधार आउन नसकेको तथ्याङ्कले देखाएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले सार्वजनिक गरेको विवरणअनुसार वैशाख र जेठ महिनामा प्रदेशभर ३३९ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ८३ जनाले ज्यान गुमाएका छन् भने ५४१ जना घाइते भएका छन् । दैनिक औसत पाँचभन्दा बढी दुर्घटना र एक जनाभन्दा बढीको मृत्यु भइरहनु सडक सुरक्षाका लागि गम्भीर चिन्ताको विषय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)