मानव अधिकार आयोग अगाडि ९ दिनदेखि धर्नामा बसिरहेका लघुवित्त पीडित (भिडियो)
ratopati.com · Fri Aug 21 15:22:50 GMT 2026

ललितपुर । ललितपुरस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि लघुवित्त तथा मिटरब्याज पीडितहरूले ९ दिनदेखि धर्ना दिइरहेका छन् । देशका विभिन्न क्षेत्रबाट १८–१९ दिनसम्म पैदल यात्रा गरी काठमाडौँ आइपुगेका पीडितहरू आफूहरूलाई न्याय दिन माग गर्दै आयोगको कार्यालय अगाडि धर्नामा बसेका हुन् ।
पीडितहरूले आफूहरूलाई वित्तीय संस्थाको कालो सूचीबाट हटाउनुपर्ने, लघुवित्तका प्रतिनिधिहरूबाट घरघरमा दिइने मानसिक तनाव रोकिनुपर्ने र लिलाम गरिएका जग्गाजमिन तत्काल फुकुवा हुनुपर्ने माग राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)