पाल्पामा पुरुषको शव फेला
ratopati.com · Thu Apr 24 17:05:00 GMT 2025

तानसेन । पाल्पाको तिनाउ गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । तिनाउ–३ आँपखोला मुहानस्थित तिलोत्तमा सामुदायिक जङ्गलस्थित आँपखोलाको किनारमा आज एक पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल प्रधानका अनुसार चिन्नै नसक्ने अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)