वासुदेव घटना : तीन छात्राको मृत्युमा शोक बिदा
ratopati.com · Fri Aug 21 15:42:53 GMT 2026

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ स्थित वासुदेव खोलाले बगाउँदा तीन छात्राको मृत्यु भएको घटनाप्रति शोक व्यक्त गर्दै शोक बिदा दिइने भएको छ । हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले हेटौँडा– १९ वडामा एक दिन शोक बिदा दिने निर्णय गरेको हो ।
बैठकले मृतक छात्राहरूको काज किरिया तथा अन्त्येष्टिसम्बन्धी खर्च बेहोर्ने, खोलाबाट उद्धार गरिएकी छात्राको उपचार तथा शिक्षासम्बन्धी खर्च बेहोर्ने, वासुदेव खोल्सीको जोखिमबाट बच्न कल्भर्ट निर्माण गर्ने निर्णय गरेको छ । मृतक विद्यार्थीको अर्ध कदको सालिकसहित उपयुक्त स्थानमा स्थापना गरी पार्क विकास गर्दै लैजाने निर्णय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)