रास्वपाद्वारा स्थानीय चुनावको तयारी तीव्रः उम्मेदवार छनोट रूपरेखा पारित, पदाधिकारी र विभागीय प्रमुख तोकिए
nepallive.com · Fri Aug 21 15:46:31 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आफ्नो साङ्गठनिक गतिविधि र चुनावी तयारीलाई तीव्र बनाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले उम्मेदवार छनोटको रूपरेखा अनुमोदन गर्नुका साथै ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्ने र पार्टीका विभिन्न रिक्त पदहरूमा मनोनयन गर्ने महत्त्वपूर्ण निर्णय गरेको हो ।
महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार, बैठकले आगामी स्थानीय निर्वाचनका लागि तयार पारिएको ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ लाई प्राप्त सुझावहरू समेटेर अनुमोदन गरेको छ । यसैगरी, केन्द्रीय उम्मेदवार छनोट समितिमा रहन इच्छुक केन्द्रीय सदस्य तथा सांसदहरूबाट नामावली माग गर्ने निर्णय पनि पार्टीले गरेको छ । उम्मेदवार छनोट रूपरेखा र निर्वाचन सम्बन्धी विषयमा अभिमुखीकरण गर्न पार्टीले केन्द्रीय सदस्य र सांसदहरूलाई देशभरका ४६० गाउँपालिकामा परिचालन गर्ने भएको छ । यस अभियानको संयोजन सहमहामन्त्री निशा डाँगीले गर्नेछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)