लघुवित्तलाई सरकारले बुझेन
nagariknews.nagariknetwork.com · Fri Aug 21 15:44:39 GMT 2026

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले सरकार र नीति निर्माण तहमा लघुवित्त क्षेत्रलाई बुझ्ने क्षमताको चरम अभाव रहेको बताएका छन् । शुक्रबार ‘लघुवित्त क्षेत्रको पुनर्संरचनाः नीति, चुनौती र समाधान’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले अर्थ मन्त्रालयलाई राजस्व उठाउने र ठूला आयोजनामा बजेट विनियोजन गर्ने मात्र ‘टेन्सन’ हुने गरेको भन्दै लघुवित्त क्षेत्र उपेक्षामा परेको गुनासो गरेका हुन् ।
आफू अर्थ मन्त्रालयमा बस्दा लघुवित्तसम्बन्धी ३० प्रतिशतको विषय पटक–पटक उठाए पनि कसैले ध्यान नदिएको स्मरण गर्दै डा. श्रेष्ठले भने, ‘सरकारमा लघुवित्त क्षेत्रलाई बुझ्नेको अभाव छ, अर्थ मन्त्रालयमा त झनै छैन। उहाँहरूले भन्नुभएको ३० प्रतिशतका कुरा मैले त्यहाँ नउठाएको होइन, तर त्यसलाई कसैले ध्यान नै दिँदैन।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)