मुख्यमन्त्री थापाले विश्वासको मत लिने मिति संशोधन
gorkhapatraonline.com · Fri Aug 21 16:36:44 GMT 2026

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत लिने मिति संशोधन भएको छ । यसअघि भदौ ७ गते आइतबार विश्वासको मत लिनेगरी तय गरिएको प्रदेशसभा बैठक अब भदौ ८ गते सोमबारलाई संशोधन गरिएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।
शुक्रवार सूचना जारी गर्दै प्रदेशसभाको आठौँ अधिवेशनको १८ औँ बैठक भदौ ८ गते सोमबार दिउँसो १ बजे बस्ने उल्लेख गर्नुभएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभाका उपसभामुखले बैठक बस्ने मिति र समय संशोधन गर्नुभएको छ । उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)