प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
ratopati.com · Fri Aug 21 17:52:59 GMT 2026

गण्डकी । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतको शुक्रबार निरीक्षण तथा अनुगमन गरेका छन् । उनले दुवै अदालतको निरीक्षणसँगै सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका हुन् ।
प्रधानन्यायाधीश डा शर्माले गत वर्षको ‘जेन्जी’ आन्दोलनका क्रममा आगजनीमा परी क्षतिग्रस्त बनेका अदालत भवनको अवलोकनसमेत गरेका सर्वोच्च अदालतका उप–रजिष्ट्रार राजेन्द्र पौडेलले बताए। “जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका अदालत भवनको अवलोकन तथा अनुगमनका सिलसिलामा प्रधानन्यायाधीश पोखरा आइपुग्नुभएको हो”, उनले भने, “शनिबार उच्च अदालत पोखरा बागलुङ इजलास, जिल्ला अदालत बागलुङ र जिल्ला अदालत म्याग्दीको पनि निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)