पाँचखालमा गाडीले स्कुटलाई ठक्कर दिँदा चालकको मृत्यु
nepalnews.com · Wed Jul 01 08:52:25 GMT 2026

काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका ४ मा आज विद्युतीय गाडीले स्कुटलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको गाडीले बाटो पार गर्न लागेको स्कुटरलाई ठक्कर दिँदा त्यसकी चालक २४ वर्षीया मीनकुमारी श्रेष्ठको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)