अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
ratopati.com · Fri Aug 21 20:02:30 GMT 2026

चितवन । भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत प्राप्त गर्ने प्रणाली विकास गरेको छ । अस्पतालको वेबसाइटमा गएर रिपोट हेर्न सकिने व्यवस्था गरिएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार ‘ल्याब रिपोर्ट’मा क्लिक गरेपछि युजरनेम र पासवर्ड राख्ने विकल्प आउँछ, जुन उपचार शुल्क तिर्दा प्राप्त बिलमा नै उल्लेख गरिएको हुन्छ । सोही युजरनेम र पासवर्ड प्रयोग गरी बिरामीले आफ्नो प्रयोगशालाको नतिजा अनलाइनबाटै हेर्न र प्रिन्ट गर्न सक्ने उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)