लट्ठामा ज्यानको बाजी थापेका दाङका युवकको नाटकीय उद्धार: आबुखैरेनी प्रहरीको त्यो चलाखी, जसले युवकलाई नयाँ जीवन दियो!
barnanmedia.com · Wed Jul 01 09:01:26 GMT 2026

आबुखैरेनी (तनहुँ) — तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित चितवन र तनहुँ जोड्ने पुरानो मुग्लिङ पुलको मुख्य लट्ठा (केबल) मा चढेर त्रिशूली नदीमा हाम फाल्न खोजेका एक जना युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। मानसिक रूपमा विक्षिप्त अवस्थामा रहेका दाङ घर भएका करिब ३२ वर्षीय ती युवकलाई बुधबार दिउँसो प्रहरी टोलीले सुरक्षित रूपमा ओरालेको हो। [
प्रत्यक्षदर्शीका अनुसार ती युवक अचानक पुलको सबैभन्दा अग्लो भाग र लट्ठाको केबल समातेर माथि चढेपछि राजमार्गमा हिँड्ने यात्रु र स्थानीयबासीबीच खलबली मच्चिएको थियो। उनले नदीमा हामफाल्ने धम्की दिँदै गर्दा स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ इलाका प्रहरी कार्यालय आबुखैरेनी र अस्थायी प्रहरी पोष्ट पुलजिपको संयुक्त टोली घटनास्थलमा पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)