मलेमासमा भव्य मेला सुरु
annapurnapost.com · Sun May 17 03:54:40 GMT 2026

महोत्तरी : पुरुषोत्तम मास, मलेमासको रुपमा परिचित रहेको महोत्तरीका दुई स्थानमा भव्य मेला लागेको छ। लोहारपट्टी नगरपालिकास्थित रातुनदी र सोनमा गाँउपालिका ५ स्थित कान्तवाँ नदीमा भव्य मेला लाग्ने भएको छ। उक्त दुई स्थानमा मलेमासको अवसरमा आज गतेदेखि जेठ महिनासम्म मेला लागेको छ । यो मेला मधेशकै सबैभन्दा लामो समयसम्म चल्ने मेला रहेकोले यसको तयारीमा महिनौं दिनदेखि स्थानीयस्तरदेखि प्रदेश सरकारसम्म जुटेका थिए ।
सोनमास्थित रामजानकी गेरुका धाम मन्दिरका महन्त श्री बालक दासका अनुसार स्थानीय कन्तावाँ र उतराँहिनी नदीको संगममा प्रत्येक मलेमासका अवसरमा यहाँ पूर्वकालदेखि नै गेरुका महाकुम्भ मेला लाग्दै आइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)