सर्पदंशबाट बढ्दो मानवीय क्षति
gorkhapatraonline.com · Fri Aug 21 23:59:28 GMT 2026

मनसुन सुरु भएसँगै नेपाली नागरिक बाढीपहिरो र डुबानको जोखिमबारे सचेत हुन्छन् । तर गाउँघरका धेरै परिवारका लागि अर्को एउटा मौन विपत्ति छ । त्यो हो सर्पदंश; जसले बर्सेनि सयौँ परिवारको खुसी खोसिरहेको छ । तराईका खेतमा धान रोप्दै गरेका किसानदेखि अँध्यारो कोठाका भुइँमा सुतिरहेका बालबालिकासम्म सर्पदंशको जोखिममा छन् । एउटा विषालु सर्पको डसाइले केही घण्टामै जीवन र मृत्युबिचको दुरी तय गरिदिन सक्छ । यो समस्या अझै पनि राष्ट्रिय बहसको केन्द्रमा आउन सकेको छैन ।
यस वर्षको तथ्याङ्कले सर्पदंशको गम्भीरता झन् स्पष्ट बनाएको छ । २०८३ वैशाख १ गतेदेखि हालसम्म देशभर सर्पदंशका ९५६ घटना भएका छन् भने ६६ जनाले ज्यान गुमाएका छन् । यही अवधिमा पहिरोमा ४३ र बाढीमा २० जनाको मृत्यु भएको छ । सर्पदंशबाट भएको मानवीय क्षति बाढी र पहिरोको संयुक्त क्षतिभन्दा बढी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)