अन्नपूर्ण हिमालको नाम ‘अन्नपूर्ण निम्स दाइ फर्स्ट’ राख्ने प्रस्ताव
annapurnapost.com · Sat Aug 22 00:36:01 GMT 2026

काठमाडौं : दिवंगत आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ को सम्मानमा अन्नपूर्ण हिमालको नाम ‘अन्नपूर्ण निम्स दाइ फस्र्ट’ राख्ने प्रस्ताव तयार भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उक्त प्रस्ताव तयार पारिएको जनाएको छ। गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार उक्त प्रस्ताव चाँडै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस गरिनेछ।
अध्यक्ष पुनका अनुसार पुर्जाले आफ्नो ‘प्रोजेक्ट पसिबल’ अन्तर्गत आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने अभियानको सुरुवात अन्नपूर्ण हिमालबाटै गरेका थिए। ‘आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने अभियानको सुरुवात म्याग्दीबाटै भएकाले उहाँको सम्मान र सम्झनामा अन्नपूर्ण हिमालको नाममा ‘निम्स दाइ’ जोड्न खोजिएका हौं,’ पुनले भने। बेलायतमा यही १३ गते उनको अन्त्येष्टि सम्पन्न भएपछि नेपाल सरकारसमक्ष नामकरणको औपचारिक प्रस्ताव लैजाने पुनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)