बंगलादेश ‘ए’ विरुद्ध नेपाल ‘ए’ को परीक्षा, हारपछि जितको खोजीमा नेपाली टोली
nagariknews.nagariknetwork.com · Sat Aug 22 00:41:32 GMT 2026
अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज बंगलादेश हाई पर्फर्मेन्स टोलीसँग प्रतिस्पर्धा गर्दैछ। डार्विनस्थित मरारा स्टेडियममा हुने खेल नेपाली समयअनुसारदिउँसो २ः१५ बजे सुरु हुनेछ।
प्रतियोगिताको पहिलो खेलमा आयोजक नर्दर्न टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको नेपाल ‘ए’ आज बंगलादेशविरुद्ध बलियो प्रदर्शन गर्दै जितको लयमा फर्कन चाहन्छ। पहिलो खेलमा ब्याटिङ र बलिङ दुवैमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपालका लागि आजको खेल महत्वपूर्ण बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)