आर्सनलको विजयी सुरुआत
neplays.com · Sat Aug 22 01:25:00 GMT 2026
काठमाडौं। इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले शानदार सुरुवआत गरेको छ। आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीलाई ३–० गोलले पराजित गर्दै उपाधि रक्षा अभियानमा सुरु गरेको हो।
लन्डनस्थित एमिरेट्स स्टेडियममा शुक्रबार राति भएको खेलमा आर्सनलले सुरुआतदेखि नै खेलमा पकड बनाएको थियो। काइ हाभर्ट्जले १५औँ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए। त्यसको आठ मिनेटपछि बुकायो साकाले गोल गर्दै टोलीको अग्रता २–० मा पुर्याए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)