राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
onlinekhabar.com · Sat Aug 22 01:36:25 GMT 2026

६ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औं राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)