रुसलाई उत्तर कोरियाको सैन्य सहयोग विस्तार, ड्रोन टोली र थप मिसाइल पठाउँदै
lokaantar.com

युक्रेनसँगको युद्धमा रुसलाई मद्दत गर्न उत्तर कोरियाले आफ्नो सैन्य सहयोगलाई थप सुदृढ बनाएको छ। युक्रेनी गुप्तचर निकायका अनुसार, हाल रुसमा ८,५०० उत्तर कोरियाली सैनिकहरू तैनाथ छन्, जसमा युक्रेनी क्षेत्रभित्र आक्रमण गर्न सक्ने विशेष 'ड्रोन युनिट' समेत सामेल छ।
युक्रेनी सैन्य गुप्तचरका उप-प्रमुख मेजर जनरल भादिम स्किवित्स्कीले रुसको कुर्स्क क्षेत्रमा ४०० ड्रोन अपरेटर, एक हजार इन्जिनियर र डिमाइनरहरू (विस्फोटक हटाउने टोली) परिचालन गरिएको जानकारी दिएका छन् । आगामी सेप्टेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भेटवार्तापछि रुसले थप ५०,००० सैनिक माग गर्न सक्ने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)