चार वर्षपछि कर्णाली करिडोरका छ पुल निर्माणको बाटो खुल्यो
gorkhapatraonline.com · Sat Aug 22 02:15:49 GMT 2026

सम्झौता भएको चार वर्षपछि कर्णाली करिडोरअन्तर्गत बाजुरा र हुम्ला जिल्लाका विभिन्न खोला तथा नदीमाथि निर्माण गरिने छ वटा पक्की पुलको निर्माण कार्यले गति लिन थालेको छ। पुलहरूको डिजाइन स्वीकृतिमा लामो समय लागेका कारण रोकिएको निर्माण प्रक्रिया अब अघि बढ्ने भएको हो।
हिल्सा–सिमकोट सडक योजनाका इन्जिनियर कुशल भुसालका अनुसार बाजुराको जुड्डी खोलादेखि हुम्लाको न्यासी खोलासम्म निर्माण गरिने छ वटा पुलमध्ये अधिकांशको डिजाइन हालै सडक विभागबाट स्वीकृत भएपछि निर्माण कार्यको बाटो खुलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)