पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’
khabarhub.com · Sat Aug 22 02:41:51 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकबाट केही पदाधिकारी, केन्द्रीय सदस्य, सचिवालय सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारी तोकेका छन्।
सभापति लामिछानेले बैठकमा विभिन्न जिम्मेवारीका लागि प्रस्ताव गरेका नाम केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा पारित गरेको हो। रास्वपाको विधानअनुसार सभापतिले ११ जना पदाधिकारी, ५१ जना केन्द्रीय सदस्य तथा २० भन्दा बढी सचिवालय सदस्य मनोनयन गर्ने व्यवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)