बिर्सती मेलाको बहुआयामिकता
gorkhapatraonline.com · Sat Aug 22 02:48:05 GMT 2026

बझाङस्थित छबिसपाथीभेरा र दुर्गाथली गाउँपालिकाको रमणीय स्थान बिसौनाचौर सेरोफेरोमा मनाइने बिस्सती जात (बिर्सती मेला) एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुनर्मिलन र सामूहिक सामजिक स्मृतिको वार्षिक कार्यक्रम हो । परापूर्वकालदेखि निरन्तर मनाइँदै आएको यस मेलाले यस क्षेत्रको सामाजिक जीवन सम्बन्ध, धार्मिक आस्था र विश्वास, आधुनिक र लोकपरम्परा, आर्थिक गतिविधि र व्यवसायलाई जोड्दै र विकास गर्दै आएको पाइन्छ ।
बिर्सती मेला प्रत्येक वर्ष भदौ महिनाको १८, १९, २० र २१ गते मनाइन्छ । यो मेला कहिलेबाट मनाउँदै आएको हो ? यसको आवश्यकता र महìव के छ ? यसको प्रभाव र महìवलाई साझा हितमा अझ बढी प्रभावकारी कसरी बनाउन सकिन्छ ? भन्नेबारे सबैले गम्भीरतापूर्वक सोच्नु आवश्यक छ । धेरै पहिलेदेखि चल्दै आएको हुनाले यसमा सुधार परिमार्जन हुँदै आएको छ । मेलालाई थप उपलब्धिमूलक र बहुआयामिक कसरी बनाउन सकिन्छ भन्नेबारे सबैले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ । मेलालाई ऐतिहासिक पर्यटकीय मेलाका रूपमा विकास गर्न सके यस क्षेत्रको विकासमा योगदान पुग्ने देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)