प्रधानमन्त्री मुस्ताङ जाने दिन नै बेनी-जोमसोम सडक पूर्णरूपमा अवरुद्ध
himalpress.com · Sat Aug 22 02:57:41 GMT 2026

मुस्ताङ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ मुक्तिनाथ मन्दिरको दर्शनका लागि आज मुस्ताङ जाने कार्यसूची छ। तर आजै मुस्ताङ पुग्ने एक मात्र सडक बेनी-जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरीका अनुसार आज बिहान करिब ०५:२५ बजे म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ सुकेबगरस्थित सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि बेनी-जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।
उनको भ्रमणको सूचना प्राप्त भएसँगै जिल्लामा आवश्यक तयारी तथा सुरक्षा व्यवस्था कडा पारिएको थियो। तर आजै मुस्ताङ पुग्ने सडक पूर्णरूपमा अवरुद्ध भएकाले अन्यौलता थपिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)