दुईवटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
gorkhapatraonline.com · Sat Aug 22 03:00:22 GMT 2026

सर्लाहीको हरिपुर्वा नगरपालिका–३, काब्रिस्थानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार ज ११ प १२१३ र प्रदेश २–०२–००३ प ११७५ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ज ११ प १२१३ नम्वरको मोटरसाइकल पछाडि सवार हरिपूर्वा नगरपालिका–३ बस्ने ४० वर्षीय कारी पमरियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)