यातायात कार्यालयमा ‘एकलविन्दु सेवा’
gorkhapatraonline.com · Sat Aug 22 03:04:12 GMT 2026

यातायात व्यवस्था कार्यालय सुर्खेतले ‘एकलविन्दु सेवा’ सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय सुर्खेतको सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी र जनमैत्री बनाउन ‘एकलविन्दु’ सेवा प्रवाह प्रणाली लागु गरिएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले शुक्रबार आयोजित कार्यव्रmममा सो सेवा शुभारम्भ गर्नुभएको हो । एकलविन्दु सेवा केन्द्र सञ्चालन भएपछि सेवाग्राहीलाई एउटै स्थानबाट सम्पूर्ण यातायातसम्बन्धी सेवा लिन सहज हुने भन्दै उहाँले सेवालाई दिगो रूपमा कार्यान्वयनमा लैजाने गरी काम गर्न सुझाव दिनुभयो । सेवा सुरु भएसँगै सवारीसाधन दर्ता, नवीकरण, कर तिर्ने, जरिबाना भुक्तानी, सवारीसाधन जाँचपास, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी प्रव्रिmयाका लागि सेवाग्राहीले अब विभिन्न काउन्टर धाउनु पर्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)