गुल्मीमा अवैध रुपमा सञ्चालित दुई मेडिकल बन्द
gorkhapatraonline.com · Sat Aug 22 03:07:28 GMT 2026

गुल्मीमा अवैध रुपमा सञ्चालन गरिएका दुई मेडिकल बन्द गरिएको छ। यस जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–१ र २ मा अवैध रुपमा सञ्चालित दुई मेडिकल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार इस्मा गाउँपालिकाका केही स्थानमा गाउँपालिका तथा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुले अवैध रूपमा मेडिकलहरु सञ्चालन गरेको उजुरी आएको थियो। सोही उजुरीको आधारमा शुक्रबार दुई मेडिकल अनुगमन गरी बन्द गराएको उहाँले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)