योजनाबिनाका सडकले पहिरो निम्त्याउँदै
gorkhapatraonline.com · Sat Aug 22 03:19:56 GMT 2026

गत साउन २८ गते पहिरो खस्दा निसीखोला गाउँपालिका–२, देवीस्थानस्थित धाराटोलका धेरै घरमा क्षति पुग्यो । पहिरोले घर चर्किंदा कतिपय परिवार बिचल्लीमा परे । गोठ पूर्ण रूपमा क्षतिग्रस्त भए । बर्खे झरीमा पशुचौपायालाई खुला चौरमा बाँध्नुपर्ने अवस्था आएको छ ।
जिल्ला विपत् व्यवस्थापन समितिको स्थलगत निरीक्षणपछि धाराटोलका ४४ घर पहिरोको उच्च जोखिममा भएको पुष्टि भयो । पहिरो नरोकिँदा पीडित खाली ठाउँमा आश्रित छन् । कतिपय त स्थानीय तहले उपलब्ध गराएको त्रिपालमा रात कटाउन बाध्य छन् । उपल्लो बेङ्ग्री–हाडीचार–बास्खोला गाउँ जोड्ने सडक अन्तर्गत हाडीचारमा खसेको पहिरोले यो विपत्ति निम्त्याएको हो । भर्खर ट्र्याक खुलेको सडकमा पहिरो खस्दा बस्ती नै विस्थापित हुनुपर्ने अवस्था आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)