बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग
ratopati.com · Thu Aug 27 19:06:58 GMT 2026

कास्की । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि कास्कीका पालिकाले सहयोग गरेका छन् । पोखरा महानगरपालिकाले रु ४५ लाख र मादी गाउँपालिकाले रु १० लाख सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेका हुन् ।
पोखराले उद्धार तथा स्वास्थ्यकर्मीको टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरेको छ । महानगरप्रमुख धनराज आचार्यका अनुसार विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त नगर प्रहरी, आवश्यक उद्धार सामग्री, प्राथमिक उपचारका उपकरणसहितको एम्बुलेन्स तथा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)