चाडबाडहरूलाई गरीबहरूको हितमा कसरी प्रयोग गर्ने?
livemandu.com · Fri Jan 01 17:13:58 UTC 2021
चाडबाडहरूको धार्मिक र सांस्कृतिक महत्व मात्र हुँदैन। यिनको आर्थिक महत्व पनि हुन्छ। चाडबाडले धनीहरूको पैसा (बचत) गरीबहरूको हातमा पु–याउने कार्य गर्छ। चाडबाडहरूले अर्थतन्त्रलाई गति प्रदान गर्छन्। यस कारणले गर्दा चाडपर्वहरूको पनि ठूलो आर्थिक महत्व हुन्छ। चाडपर्वहरूको आर्थिक महत्व भएकोले चाडपर्वलाई कसरी गरीबहरूको हितमा उपयोग गर्न सकिन्छ त्यसबारे गम्भीर भएर सोच्नुपर्छ।
बचत हुनेहरूले चाडपर्वमा अनेक किसिमले खर्च गर्छन्। उपहारमा खर्च गर्छन्, खानपिन, भ्रमणमा खर्च गर्छन्। यस्ता खर्च गरेर, थप उत्पादन हुने अवसर सृजना गरेर, रोजगारका नयाँनयाँ अवसर सृजना गर्छन्। अप्रत्यक्षरूपमा गरीबहरूको हातमा आय पुर्र्याउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)