रिसाङका पहिरोपीडितलाई सुरक्षित स्थानमा सारिँदै, तीन ठाउँमा सेल्टर बनाइने
nepallive.com · Sat Aug 22 04:47:21 GMT 2026

जाजरकोट – जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको विनाशकारी पहिरोबाट विस्थापित भएका १६८ घरधुरीका ८९७ जनालाई तीन स्थानमा अस्थायी सेल्टर निर्माण गरेर राखिने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) को प्राविधिक टोलीले स्थलगत अध्ययन गरेपछि रिसाङ विद्यालय नजिक, विद्यालयभन्दा माथिको क्षेत्र र कल्याणपुरमा अस्थायी सेल्टर निर्माण गर्ने निर्णय भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)