बिहारमा अनियन्त्रित बस भीडमा पस्दा पाँच जनाको ज्यान गयो, थप पाँच घाइते
ratopati.com · Sat Aug 22 04:51:17 GMT 2026

बिहार । भारतको बिहारस्थित पश्चिम चम्पारण जिल्लामा अनियन्त्रित बस भीडमा पस्दा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।
बेतिया–लौरिया मुख्य मार्गअन्तर्गत एनएच–७२७ मा शुक्रबार राति करिब ११ बजे दुर्घटना भएको हो। गोरखपुरबाट बेतियातर्फ जाँदै गरेको तीव्र गतिमा रहेको शाही बस बसवरिया र पराउटोला बीचमा सडक किनारमा छठिहार समारोहका क्रममा आयोजित अर्केस्ट्रा कार्यक्रम हेरिरहेका मानिसहरूको भीडमा पसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)