हाम्रो पहिलो प्राथमिकता नै गरिमालाई न्याय हो, मृत्युदण्डको सजाय भने दिन सकिँदैन : गृहमन्त्री
himalpress.com · Sat Aug 22 05:11:40 GMT 2026

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीमाथिको जघन्य अपराध र हत्याको घटनाले आफूलाई स्तब्ध र दु:खी बनाएको बताएका छन्। उनले बालिकामाथि जघन्य अपराध हुनु परिवारका लागि मात्र नभई समाजकै पीडा भएको स्वीकारेका छन्। उनले यो घटना पहिलो देखि नै अनुसन्धानमा रहेको र आरोपितलाई तत्काल पक्राउ गरेको जानकारी दिएका छन्।
सामाजिक सन्जालमा हत्यारालाई मृत्युदण्ड दिनुपर्ने आवाज उठिरहेको बेला गृहमन्त्रीले त्यो माग देखिए पनि संविधानले नदिएको स्पष्ट पारेका छन्। आफू गृहमन्त्री भएकाले अहिले सत्यतथ्य छानबिन गर्दै अघि अनुसन्धान अघि बढाउने प्रतिज्ञा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)