सप्तकोसी ब्यारेजका ढोका नखोल्दा श्रीलंका टापुमा समस्या: २२ घरपरिवार विस्थापित
annapurnapost.com · Sat Aug 22 05:09:47 GMT 2026

सुनसरी : सप्तकोसी नदीमा आएको बाढी बस्तीमा पस्दा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ स्थित श्रीलंका टापुको गरैयाका २२ घरपरिवार विस्थापित भएका छन्। बाढीका कारण स्थानीय किसानले लगाएको सयौँ बिघा धानखेतीमा समेत क्षति पुगेको छ।
सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेत मानिन्छ। शनिबार बिहान सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ५५ हजार ३ सय क्युसेक पुगेको छ। सप्तकोशी ब्यारेजका ५६ वटा ढोकामध्ये १९ वटा मात्र खोलिएका कारण नदीले पश्चिमतर्फको श्रीलंका टापुमा कटान सुरु गरेको स्थानीयले बताएका छन्। नदीको कटान र डुबानका कारण १० बिघाभन्दा बढी खेतीयोग्य जमिनसमेत कटान भएको छ। पूर्वी पहाडी जिल्लाहरूमा केही दिनयता लगातार वर्षा भएपछि सप्तकोसी नदीमा पानीको बहाव बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)