मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनको विद्युत् परीक्षण असार २३ देखि सुरु हुने
aarthiknews.com

दमौली (तनहुँ) । मार्कीचोक–भरतपुर खण्डअन्तर्गत निर्माण सम्पन्न २२० केभी प्रसारण लाइनमा असार २३ गतेदेखि विद्युत् परीक्षण सेवा सुरु हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत उक्त खण्डमा परीक्षणका रूपमा उच्च भोल्टेज विद्युत् प्रवाह सुरु गर्न लागेको हो। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै असार २३ गते (मंगलबार) देखि २२० किलो भोल्ट क्षमताको विद्युत् प्रवाह गरी परीक्षण गरिने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)