गरिमा चौधरी हत्या प्रकरणः लालबन्दीमा प्रदर्शन
gorkhapatraonline.com · Sat Aug 22 06:37:56 GMT 2026

बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा शनिबार बिहान सर्लाहीको लालबन्दीमा प्रदर्शन गरिएको छ।
गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै महेन्द्र राजमार्गस्थित लालबन्दी बजारमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले “गरिमालाई न्याय दे”, “हामी न्याय चाहन्छौँ”, “बलात्कार बन्द गर”, “हाम्रो चित्कार सुनिदेऊ”, “छोरीचेलीलाई बाँच्न देऊ”, “अपराधीलाई सजाय देऊ”, “हत्यारालाई कारबाही गर” तथा “बालिकाको सुरक्षा सुनिश्चित गर” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)