अब पार्टीका सबै तहका नेता तथा कार्यकर्ता थप गम्भीर भएर अघि बढ्नुपर्ने अवस्था छ : मन्त्री श्रेष्ठ
nagariknews.nagariknetwork.com · Sat Aug 22 06:36:54 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य विराज भक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालै सम्पन्न महाधिवेशनसँगै आफ्नो राजनीतिक यात्राको एउटा महत्वपूर्ण चरण पूरा गरेको बताएका छन्। त्यसरी आमनिर्वाचनबाट जनताले पार्टीलाई ठूलो जिम्मेवारी दिएको उल्लेख गर्दै उनले अब पार्टीका सबै तहका नेता तथा कार्यकर्ता थप गम्भीर र जिम्मेवार भएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए।
मोरङ र सुनसरीका नेता तथा अगुवा कार्यकर्तासँग विराटनगरमा भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले पार्टीका नियमित राजनीतिक गतिविधिसँगै सरकारका कामकारबाहीको समेत सूक्ष्म अध्ययन र विश्लेषण गर्न पार्टी पंक्तिलाई आग्रह समेत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)