तीन दिनमा सात जना लागुऔषध कारोबारी पक्राउ
gorkhapatraonline.com · Sat Aug 22 07:07:18 GMT 2026

कपिलवस्तु प्रहरीले तीन दिनको अवधिमा जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले छुट्टाछुट्टै पाँच घटनामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बाणगंगा नगरपालिका–६ गणेशपुरस्थित विजयबहादुर खत्रीको घरमा खानतलासी गर्दा २ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र ४५ हजार पाँच सय बरामद भएको छ । लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले घर खानतलासी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)