गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन
khabarhub.com · Sat Aug 22 07:14:31 GMT 2026

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा संलग्न दोषीलाई कानुनबमोजिम अधिकतम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत जघन्य अपराध नियन्त्रणका लागि बलियो कानुनी तथा संस्थागत व्यवस्था निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्। उनले घटनाले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै पीडितले अधिकतम न्याय पाउने गरी सरकार अघि बढिरहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)