पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध
lokaantar.com

पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण मादी गाउँपालिका-१ पदुखोला क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
मादी-१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहे पनि आज बिहान खिलाङ र पार्चेबीचको पदुखोला क्षेत्रमा पहिरो खस्दा पर्यटकीय गाउँ सिक्लेस जाने बाटो बन्द भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)